नवलपरासीमा बुबाबाटै आठ महिनाकी छोरी बलात्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७४, शनिबार ०५:४३

नवलपरासी । सुन्दै आङ जिरिङ्ग हुने । पत्याउनै मुस्किल घटना । तर पनि पत्याउनै पर्ने । सबैभन्दा संरक्षक मानिने बुबाले आठ महिनाकी छोरी बलात्कार गरेको घटनाले फेरी एकपटक हाम्रो समाज कहाँ जादैछ रु भन्ने प्रश्न गर्न बाध्य बनाएको छ ।
नवलपरासीमा आठ महिनाकी छोरी बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् । बुबा भन्ने बोलीसमेत नफुटेकी छोरी बलात्कार गर्ने बाबुलाई आमाको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।
छोरी बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले नवलपरासी बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिकाका ३० वर्षीय बुबालाई पक्राउ गरेको हो ।
उनले घरमा कोही नभएको बेला ८ महिनाकी छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सोमबार भएको र बलात्कार गर्ने बुबालाई प्रहरीले मंगलबार पक्राउ गरी बुधबार मुद्दा दर्ता गरेको हो । पीडित बालिकाकी आमाको जाहेरीका आधारमा प्रहरीले बुबालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जीसीले जानकारी दिए ।
ती बुबा लागुऔषध दुर्व्यसनीमा फसेको प्रहरीको भनाइ छ । उनलाई हाडनाता करणी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र उनको अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।
आफ्नै बुबाबाट अबोध बालिका बलात्कृत भई स्वास्थ्य अवस्था नाजुक भएको घटनाले छोरीहरु कसरी र को–कोबाट जोगाउने भन्ने सोच्न बाध्य बनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१