मान्छेको जस्तै अनुहार भएको कुकुर भेटिएपछि एकाएक भाइरल (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ चैत्र २०७४, शुक्रबार ०५:४८

कतिपय बेला आफ्नो अनुहार कुनै सिनेस्टार, राजनेता या अन्य सेलिब्रिटीसँग मिल्न गए मान्छेहरु दङ्ग पर्छन्। यसो हुनु राम्रै हो, सोसल मिडियामा सक्रिय कलाकारहरूले पनि तपाईंको अनुहार कुन सेलिब्रिटीसँग मिल्छ भन्ने ठम्याउन सहयोग गर्न सक्छन्।

तर यस्ता कलाकारहरूले कहिले काहिँ नराम्ररी झुक्याइदिन्छन्। कहिलेकाँही ती कलाकारहरू तपाईंसँग अनुहार मिल्ने कुनै जनावर खोजेर सेयर गरिदिन सक्छन् । यसो गर्नका लागि उनीहरूले फोटोसप या यस्तै अन्य कम्प्युटर प्रोग्रामको सहायता भने लिनु पर्ने हुन्छ ।

तर अमेरिकामा एउटा यस्तो कुकुर भेटिएको छ जसको अनुहार दुरुस्तै मान्छे जस्तो छ। यो कुनै फोटोसप गरिएको अनुहार होइन बल्कि योगी नाम गरेको यो कुकुर अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोबास गर्ने महिला च्यान्टल डेस्जार्डिन्सको हो ।

भर्खर मात्र एक वर्ष पुगेको योगीका केही तस्बिर डेस्जार्डिन्सले केही दिन अघि सामाजिक संजालमा पोस्ट गरेपछि तत्कालै भाइरल भएको थिए ।

यस कुकुरकी मालिक्नी डेस्जार्डिनले यो कुकुरको तस्बिर भाइरल हुनुपूर्व आफुलाई कहिल्यै पनि योगीको अनुहार मान्छेको जस्तै रहेको भन्नेबारे सोच्दै नसोचेको बताएकी थिइन् ।

अमेरिकाका कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरूले एकअर्कासँग यस कुकुरको तस्बिरको तुलना गर्दै फोटोहरू पोस्ट गरेका पनि थिए ।
ठुल्ठुला आँखा भएको योगी सामुन्नेबाट हेर्दा दुरुस्तै मान्छे जस्तो देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१