डेढ खर्बले निक्षेप बढ्दा कर्जामा दुई खर्बले वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७४, बिहीबार ०४:१९

काठमाडौं । चालु आवको नौ महिना वित्न लाग्दा यो अवधिसम्ममा वाणिज्य बैंकहरुमा एक खर्ब ६१ अर्ब रुपैयाँले निक्षेप बढेको छ । निक्षेपको तुलनामा कर्जा लगानी दोब्बरले वृद्धि भएको छ । कर्जा लगानी दुई खर्ब ३९ करोड रुपैयाँले वृद्धि भएको छ ।

एक सातामै बैंकहरुमा १२ अर्ब रुपैयाँले निक्षेप बढेको हो । चैत नौ गतेसम्म २२ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको संस्थामा चैत १६ गतेसम्ममा यो रकम २२ खर्ब ४८ अर्ब पुगेको हो ।

एक सातामा निक्षेपमा १२ अर्बले वृद्धि हुँदा कर्जा लगानी पाँच अर्ब रुपैयाँले वृद्धि भएको छ । कर्जा लगानी १९ खर्ब ७४ अर्ब रुपैयाँ छ । निक्षेपको तुलनामा कर्जा लगानी ८७ प्रतिशत छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१