नुवाकोटमा ‘प्रथम तारकेश्वर महोत्सव फलाटे २०७५’ आयोज हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७४, मंगलवार १४:२९

काठमाडौं । नुवाकोटमा ‘प्रथम तारकेश्वर महोत्सव फलाटे २०७५’ आयोजना हुने भएको छ । एक घर एक व्यापार, तारकेश्वर सम्बृद्धिको आधार भन्ने मुल नारा सहित नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्था र छारम्हेन्दो युवा सेवा समाजको आयोजनामा तारकेश्वर गाँउपालिकाको वडा नं १ फलाटेमा बैशाख १७ गते देखि सो महोत्सव हुन लागेको हो ।

स्थानीय उत्पादनको बजार विस्तार, कला संस्कृतिको प्रचार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाका अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए । यसका अवला महोत्सवले स्थानीय गुफा, झर्ना, देबी, देवालय लगायतका पुरातात्वि सम्पदाहरुको प्रचारसँगै संरक्षण र संवद्र्धनका लागि समेत सरोकारवाला निकायहरुलाई झकझकाउन मदत पुग्ने महोत्वका कार्यक्रम संयोजक पुष्व वाइबाले जानकारी दिए ।

तीन दिन सम्म चल्ने महोत्सवमा स्थानीय जनप्रतिनिधि तथा समाजसेवी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योग्दान दिने व्यक्तिहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको अध्यक्ष तामाङले बताए । महोत्सवको ५० हजार भन्दा बढीले अवलोकन गर्नुका साथै १ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१