ढिलासुस्ती हुँदा चार वर्षमा जम्मा साढे चार किलोमिटिर सडक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७४, मंगलवार १२:५७

विराटनगर ।   विराटनगरको रानीदेखि धरान सडकखण्डको कुल ४९ किलोमिटर दुई लेनको सडकलाई ६ लेनको बनाउने परियोजना सुरु भएको चार वर्ष पूरा भैसकेको ।

६ लेन सडक बिस्तारको काममा ढिलासुस्ती हुँदा चार वर्षमा जम्मा साढे चार किलोमिटिर मात्र भएको छ । ०७० साल असारवाट पहिलो चरणमा विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको कुल ३४.६० किलोमिटर सडक विस्तारको काम सुरु भएको थियो ।

रानीदेखि दुहवीको सीमाना निमुवासम्मको १२ किलोमिटरका लागि चार प्याकेजमा काम भइरहेको छ । त्यसैगरी रानीदेखि रोडशेषचौक बरगाछी, दुधफारम र निमुवासम्मको काम चालु अवस्थामा रहेको छ ।

इटहरीदेखि दुहवीसम्मको १० किलोमिटर क्षेत्रमा पनि सडक विस्तारको काम भइरहेको छ । यी सवै प्याकेजको काम सुस्त गतिमा हुँदै आएको छ ।

ठेकेदार कम्पनीले भुक्तानीको कारण देखाउदै बेला बेलामा सडक बिस्तारको काम रोक्दै आएकोले पनि काम ढिलो भइरहेको हो ।

सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलो मिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्ब ९६ करोड बजेट लाग्ने अनुमान गरिएको छ । उक्त बजेट अनुसार ७ अर्ब बराबरको काम ठेक्कामा लागेर काम भइरहेको छ ।

पहिलो चरणमा भएको सडक बिस्तारका लागि ठेक्कामा लागेको कामको ३८ प्रतिशत बजेट समेत खर्च भइसकेको व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ ।

विराटनगरदेखि धरानसम्मको कुल ४९ किलोमिटर सडक आर्थिक वर्ष ०७५र ७६ सम्ममा सक्ने गरी ठेक्का लगाइएको थियो ।

अर्थ मन्त्रालयले यही परियोजना अन्तर्गत दौश्रो चरणका लागि इटहरीदेखि तरहरासम्मको पाच किलोमिटिर सडक बिस्तारको कामपनि ठेक्का लगाएर सडक बिस्तार गर्ने काम जारी छ ।

अर्थ मन्त्रालयले तरहरादेखि धरानसम्म्को सडक बिस्तारको काम भने अहिलेसम्म अनुमति नदिएकाले ठेक्काको प्रकृया अगाडि बढाउन नसकिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१