औषधि र लोसनको प्रयोग नगरी यसरी रहनुस् सुन्दर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७४, मंगलवार ०६:१३

एजेन्सी। अनुहारछालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गरिरहेका हुन्छन्। ती चिजहरुले चाउरीपना लुकाउन तत्कालका लागि केही मात्रामा सघाए पनि गहिराइसम्म गएर समस्या मूक्त भने हुदैनन् ।

जीवनशैली र भोजनसँग छला चाउरीको मुख्य कारण गाँसिएका हुन्छन् । छालामा चमक ल्याउन ठूलो खर्च वा शल्यक्रिया गर्नु पर्दैन। जीवनयापनको शैली र भोजनमा ध्यान दिए पुग्छ । हाम्रो शरीर र मस्तिष्कमा हामीले खाने भोजनकै सबैभन्दा बढी प्रभाव पर्छ । जसको तुलनामा कुनै लोसन वा क्रिमको प्रभाव नगन्य हुन्छ ।

छाला चाउरी पर्नुका मुख्य दुई कारण घामले गर्ने क्षति र दोस्रो उमेरअनुसार आउने परिवर्तनहरु हुन्। छालामा हुने कोलाजेनले छालाको संरचना दुरुस्त राख्ने काम गर्छ । तर, निरन्तर घाम पर्नाले कोलाजेनको मात्रा घट्छ । यसको मात्रा घटेसँगै छाला चाउरी पर्न थाल्छ । यसका साथै उमेर सँगसँगै पनि छाला पातलो, सुख्खा हुन्छ र लचकता गुमाउँदै जान्छ ।

सन् २००१ मा गरिएको एक अध्ययनले छाला चाउरी पर्ने कारणबारे अनौठो तथ्य पत्ता लगाएको थियो । तीन बेग्लाबेग्लै देशमा गरिएको अध्ययनले छाला चाउरी पर्नबाट जोगाउन प्रचुर एन्टिअक्सिडेन्टयुक्त तथा घामबाट पर्ने नकारात्मक प्रभाव जोगाउने भोजन र चिल्लो पदार्थ आवश्यक पर्ने निष्कर्ष निकालिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१