किन बढ्दै छ गर्भपतन गराउने अविवाहित किशोरीको संख्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७४, मंगलवार ०६:००

काठमाडौ । अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ ।परिवार नियोजनको  साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर्भपतनकै दुरुपयोग भएको छ ।

गर्भवती महिलाको मञ्जुरीमा, कानूनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ ।

स्वास्थ्य कार्यालय नवलपरासीका अनुसार आर्थिक वर्ष ०७३र७४ मा दुई हजार ५९५ जनाले सुरक्षित गर्भपतन गराएका छन् । जसमध्ये २२० महिला २० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । अवैध गर्भ बसेपछि अविवाहित अधिक किशोरीले समेत गर्भपतन गराउने गरेका छन् ।

प्रतिक्रिया