दुई किलो अवैध सुनसहित भारतीय नागरिक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०७४, मंगलवार ०५:३१

काठमाडौँ । दुई किलो अवैध सुनसहित विमानस्थलको अध्यागमन पार गरेका भारतीय नागरिक पक्राउ परेका छन्।

युएईको दुबईबाट फ्लाइ दुबईको उडानमार्फत काठमाडौं आएका भारत केरलाका मोहम्मद मलायद लालपरम्बालाई प्रहरीले पक्राउ गरेको हो। एफजेड ८०१७ नम्बरको उडानबाट सोमबार बिहान साढे १० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनी अध्यागमनको सफल चेकजाँच पार गरेर बाहिर निस्किएका थिए।

इमिग्रेसन पार गरेर बाहिर निस्किएका उनको हाउभाउ फरक किसिमको लागेकोले प्रहरीले शंका मानी उनलाई सोधपुछ गर्न थाल्यो।

प्रहरीले उनीमाथि लागूऔषध कारोबारीको शंका लागेर सोधपुछ गरेको थियो। तर, कम्बर दुख्दा बाँध्ने बेल्ड लगाएर आएका उनीसँग प्रहरीले केही भेटेन।

त्यसपछि खानतलासी गर्दा उनले लगाएको बेल्डमा केही साह्रो साह्रो चिज भेटेपछि लागूऔषधको शंका लागेपछि केरकार थाल्यो। त्यसपछि प्रहरीले केरकार गर्दा उसले आफूसँग लागूऔषध होइन सुन भएको प्ररहीलाई जानकारी गराए। प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर भन्सारमा बुझाएको विमानस्थलका एसएसपी प्रेम चन्दले सेतोपाटीलाई जानकारी दिए।

‘विमानस्थलमा भएको एक्सरे मेसिनले उक्त बेल्डलाई पुरै कालो देखाएपछि गुणस्तर तथा नापतौल विभागमा रहेको एक्सरे मेसिन ल्याएर त्यसबाट चेक गर्दा सुन भएको पत्ता लागेको हो,’ एसएसपी चन्दले भने।

अध्यागमन रेकर्ड अनुसार उनी पटक पटक दुबईबाट काठमाडौं आएको देखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१