आमाको उपचारको लागि पैसा लिएर आएका छोरा बाटोमै यसरी लुटिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७४, सोमबार ०६:२२

विराटनगर।  बिरामी आमाको उपचारका लागि सुनसरीबाट रकम लिएर विराटनगर आउँदै गरेका एक युवा विराटनगरमै लुटिएका छन् ।

लुटेराहरुले पीडितको साथबाट मोटरसाइकल र ५० हजार नगद लिएर फरार भएका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

बिरामी भएर कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकी आमाको उपचारका लागि नगद ५० हजार लिएर विराटनगर आउँदै गरेका सुनसरी देवानगन्ज २ का २४ बर्षीय वीरेन्द्र यादवलाई लुटेराहरुले कुटपिट गरी दिनदहाडै लुटेका हुन् ।

देवानगन्जबाट आउँदै गरेका यादवलाई लुटेराको समूहले विराटनगर ७ को पिचरा, नहरचोकमा कुटपिट गर्दै लुटेका हुन् ।

उनी चढेको को ३१ प ४९९६ नम्बरको मोटरसाइकल, नगद ५० हजार, सिक्री, औंठी र हेलमेटसमेत लुटेराले लगेका छन् ।

लुटेराहरुले चक्कु, ढुंगा र हेलमेटले कुटपिट गरेको पीडित यादवले बताए ।

कुटपिटको क्रममा यादव बेहोस भएपछि उनीसँग भएका नगद, गरगहना र मोटरसाइकल लिएर लुटेरा फरार भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१