शेयरको मूल्य दोहोरो अंकले ओरालो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७४, सोमबार ०५:५१

काठमाडौँ ।  धितोपत्र बजारमा आइतबार शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४।०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.१९ बिन्दुले ओरालो लागेर २५५.६९ बिन्दुमा पुगेको छ।

आज कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ।

आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ। बैंकिङ २२.०१, होटल २७.२९, विकास बैंक ३६।१, जलविद्युत् ३७.१४, वित्त ७.१७, बीमा १४८.७७, उत्पादन १५, अन्य ५.६७, माइक्रोफाइनान्स २६.२४ बिन्दुले ओरालो लागेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१