बोष्टर मिडियाका सल्लाकार टन्डन पुरस्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०७४, सोमबार ०५:२५

काठमाडौं । यस वर्षको स्वास्थ्य पुरस्कारबाट अस्पताल संचालक  लोक बहादुर टन्डन  पुरस्कृत भएका छन् ।

रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने उक्त पुरस्कार ग्रिनसिटि अस्पतालका अध्यक्ष तथा बोष्टर मिडियाका सल्लाकार साथै चक्रपथ सफाई अभियान संयोजक लोक बहादुर टन्डनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले क्लबको बीसौं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रदान गरेका हुन् ।

उक्त समारोहमा धेरै विधाका ब्यक्तित्वहरु  पनि पुरस्कृत भएका छन् । यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुवास ढकाललाई प्रदान गरिएको छ ।

यसैगरी, यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार भने दृष्टि साप्ताहिकका प्रकाशक एवं संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।

यस वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ ।

त्यसैगरी, कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा पत्रकार दिलिप थापामगरलाई प्रदान गरिएको छ ।

त्यसैगरी, कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार रेवती सापकोटालाई प्रदान गरिएको छ ।

यसैगरी, यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार विजय राईलाई प्रदान गरिएको छ ।

त्यसैगरी, यस वर्षको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार दीपा दाहाललाई प्रदान गरिएको छ ।

सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट् दैनिकका वरिष्ठ संवाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।

यसैगरी, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पत्रकार भउचप्रसाद यादवलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१