भुडी ठुलो भयो ? पढ्नुहोस पेटको बोसो घटाउने घरेलु तरिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७४, आईतवार १५:५४

अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो पेटको बोसो । पेटको बोसो धेरै मानिसहरुका लागि याद राख्ने ठाउँ बनेको छ ।यसले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार बनाउन सक्छ । पेटको बोसो घटाउनका लागि यो आयुर्वेदिक पद्धति अपनाउनुहोस् । दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् ।

पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ । मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ । सेतो चामलबाट टाढै बस्नुहोस् ।

यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस् । गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।चिल्लो पदार्थ हाम्रो शरीरलाई चाहिन्छ तर त्यो स्वस्थकर हुनुपर्दछ । हेल्दी फ्याट भन्नाले अभोकादो, जैतुनको तेल, अण्डा, काजु, बदाम, बियाँ आदि पर्दछन ।

मानसिक विकार, चिन्ता, नैराश्यताको भाव नलिनुहोस । प्रशस्त मात्रामा पानी पिउनुहोस् । यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ ।

काँचो मूलालाई चपाउनुहोस् । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि मनतातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस । यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ । शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् ।

तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ । खानामा बढि मसलाको प्रयोग गर्नुहोस् ।

अदुवा, मरिचलाई खानेकुरामा हाल्न कहिले नछुटाउनुहोस् । यस्ता मसलाले शरिरलाई निकै फाइदा गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१