सरसफाई तथा जनचेतना अभियान टानले गर्यो ठमेल क्षेत्रबाट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ चैत्र २०७४, आईतवार ०६:२२

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले सरसफाई तथा जनचेतना अभियान ठमेल क्षेत्रबाट सरसफाई गरेर सुरुवात गरेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यस कार्यक्रमको उद्घाटन गरेको हो ।अभियानको सफलताको शुभकामना दिदैं सरकार र मन्त्रालयको तर्फबाट पर्यटन विकास र प्रबद्र्धन गर्न सधैंसँगै रहने कुराको पनि विश्वास दिलाए । सरसफाई तथा जनचेतना अभियानले बाटो, चोक र गल्लिमात्रै सफा नगरी समग्र मूलुकको बिसङ्गतिलाई हटाउँदै अगाडि बढ्न पनि सबैलाई प्रेरित गर्ने कुरा मन्त्री श्री शक्तिबहादुर बस्नेतले बताए ।

साँच्चिकै नेपालको पर्यटन विकाश र प्रबद्र्धन गर्ने हो भने वातावरण जोगाउनुपर्ने र सरसफाई गर्नुपर्ने कुरा पहिलो महत्वपुर्ण भएको कारणले गर्दा सरसफाई तथा जनचेतना अभियान शनिवारबाट टानले सुरुवात गरेको टानका अध्यक्ष नवराज दहालले बताए । काठमाण्डौ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्र ठमेल क्षेत्रबाट सरसफाई तथा जनचेतनामुलक अभियानको शुरु गरेको हो । ठमेल मात्रै नभई टानले यस अभियानलाई निरन्तरता दिदैं काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरु लगायत धौलागीरी क्षेत्रको पनि सरसफाई तथा जनचेतना कार्यक्रमहरु गर्ने बताए ।

करिब ७०० भन्दा धेरै जनाको उपस्थितिमा सञ्चयकोष भवन अगाडिबाट सुरु भएको यो अभियान नरसिङ चोक – जे।पी।मार्ग – काठमाण्डौं गेष्ठ हाउस, ज्याठा– थहिटि – काठमाण्डौं गेष्ठ हाउस र अमृत मार्ग – मनाङ् होटल – काठमाण्डौं गेष्ठ हाउससम्म सफा गरी सम्पन्न गरिएको टानका प्रभक्ता गोपाल श्रेष्ठ जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१