४७ तोला सुनसहित गौशालाबाट चार पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७४, बुधबार ०५:०७

काठमाडौँ । महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवी महतो, सिरहाका रामपुकार महतो र धनुषाका आशिष महतोलाई पक्राउ गरेको छ ।

जसमध्ये सेफुल्लालाई आइतबार र महतोत्रयलाई सोमबार गौशालाबाट पक्राउ गरेको हो । उनीहरुले कतारबाट अवैध रुपमा तस्करी गरेर सुन नेपाल ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

सुनको नेपाली मूल्य रु २७ लाख ४८ हजार ६७५ रहेको छ । पक्राउ परेका चारै जनालाई आज कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाएको परिसरले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१