बाढी पीडितका लागि भारतले ४ करोड ८० लाख सहयोग दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७१, आईतवार ०५:५३

काठमाडौं, १ भाद्र  । उपराष्ट्रपति परमानन्द झाले नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउन जनस्तरको सम्बन्धलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । भारतको गणतन्त्र दिवसको अवसरमा आज नेपाल–भारत मैत्री समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति झाले दुई देशका जनताको सम्मानजनक र सुविधापूर्ण आवतजावतमा ध्यान दिन दुबै देशका सरकारलाई आग्रह गरे ।


कार्यक्रममा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, अर्थमन्त्री डा. रामशरण महतलगायतले भारतको गणतन्त्र दिवसको अवसरमा भारत र भारतीय जनताको उज्वल भविष्यको कामना गरे । उनीहरुले दुई देशबीचको मैत्री सम्बन्ध अझै प्रगाढ होस् भन्ने कामना पनि गरे ।

कार्यक्रममा भारतीय राजदूत रञ्जित रेले नेपालमा बाढी–पहिरोले ल्याएको विपत्तिप्रति दुःख व्यक्त गर्दै भारतीय सरकारले नेपालका बाढी पीडितको राहतका लागि चार करोड ८० लाख भारतीय रुपैयाँ सहयोग दिने बताए । साथै, उनले उद्दारका लागि तीनओटा हेलिकप्टर र एउटा हवाइजहाज तयारी अवस्थामा राखेको जानकारी पनि दिए ।

कार्यक्रममा समाजका अध्यक्ष प्रेम लस्करेले समाजले बाढी पीडितहरुका लागि ५१ हजार रुपैयाँ सहयोगस्वरुप सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१