अप्रेसन गरेर बच्चा जन्माउँदा ध्यान दिनुपर्ने यी कुराहरु जानी राखौ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७४, मंगलवार ०६:०६

एजेन्सी । पछिल्लो एक दशकयता संसारभर नै सिजरियन सेक्सन अर्थात् सिएस अप्रेसनबाट प्रसूति गराउने क्रम ह्वात्तै बढेको छ । नेपालमा पनि यो अभ्यास भएको छ । तर, अप्रेसन गरेर बच्चा जन्माउने सन्दर्भमा केही अस्पष्टता देखिन्छन् । अस्पताल आउने कतिपय गर्भवती तथा उनका आफन्त नर्मल बच्चा जन्माउन सक्ने अवस्थामा पनि अप्रेसन गरिदिन जोड गरेको पाइन्छ भने कतिपयले जटिल अवस्थामा पनि अप्रेसन गर्न इन्कार गरिरहेका हुन्छन् ।

कतिपय गर्भवती त अप्रेसन हुने डरले प्रसव पीडा सुरु हुँदासम्म अस्पताल जाने गर्दैनन् । आखिर अप्रेसन गरेर बच्चा जन्माउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ ? ग्रान्डी अस्पतालका सञ्चार व्यवस्थापक विनोद अधिकारीले सिजरियन सेक्सनका

डाक्टर र प्राविधिकसँगको कुराकानी तथा केही तथ्यका आधारमा केही जानकारी दिएका छन्ः

१) गर्भवती महिलाको नितम्बको साइज सानो भएको अवस्थामा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । सानो नितम्बका कारण आमा र बच्चा दुवैको जीवन खतरामा रहन सक्छ । यसकारण यस्ता गर्भवतीलाई बच्चा जन्माउन अप्रेसन नै आवश्यक पर्छ । यस्ता महिलाले सामान्य तरिकाबाट बच्चा जन्माउँदा आमाको जिन (आनुवंशिक गुण) अर्को पिँढीमा सर्ने सम्भावना रहन्छ । तर, अप्रेसन गरेर जन्माउँदा यस्तो समस्या नहुने चिकित्सकहरूको भनाइ छ ।

२) आमरूपमा मानिसहरूको मान्यता के पनि छ भने प्रसूति सामान्य प्रक्रियाबाट गर्ने कि सिजरियनबाट गर्ने भन्ने कुरा प्रसव पीडा भएकी महिला आफैँले तय गर्न सक्छन् । तर, प्रसवको

समयमा बच्चाको घाँटीमा नाल बेरिएको अवस्था, बच्चाले पेटभित्रै दिसा गरेको अवस्था, प्रसवको पीडा लम्बिँदै गएर बच्चा र आमाको जीवन नै जोखिममा रहेको अवस्थामा आकस्मिक अप्रेसन गर्नुपर्ने हुन्छ ।

३) नितम्बको एक्सरेबाट भने प्रसूति पद्धति तय गर्न सकिँदैन । आमाको कद या बच्चाको टाउकोको आकारका आधारमा बच्चा सामान्य जन्मिन्छ या अप्रेसन गर्नुपर्छ भन्ने कुनै निक्र्योल हुन सक्दैन । यस्ता कुराले प्रसूतिमा कुनै प्रभाव पारेको हुँदैन । त्यसो त पहिलो बच्चा अप्रेसन गरेर जन्माएको हो भने दोस्रो बच्चा जन्माउन पनि अप्रेसन नै गर्नुपर्छ भन्ने पनि हुँदैन ।

४) गर्भमा जुम्ल्याहा बच्चा रहेको अवस्थामा र जुम्ल्याहा बच्चा जन्मने निश्चित भएको अवस्थामा, बच्चाको टाउको माथि फर्केर रहेको वा पाठेघरमा बच्चा उल्टो परेर बसेको अवस्थामा, तोकिएको समयभन्दा पहिले नै डेलिभरी हुन लागेको अवस्था, गर्भनाल थुनिएको अवस्थामा र गर्भवती एचआइभी, हेपाटाइटिस वा अन्य भाइरस संक्रमित भएको खण्डमा आकस्मिक अप्रेसनबाट बच्चा जन्माउनुपर्ने हुन्छ ।

५) आमा र बच्चाको स्वास्थ्यमा खतरा देखिएमा, प्रसवको समयमा आमालाई पीडा महसुस नभएको अवस्थामा, आमाको योनिबाट डेलिभरी या गर्भावस्थाको दौरान एम्नियोटी फ्ल्युड वा रगत बगेको छ भने तुरुन्त सिजरियन सेक्सन अप्रेसन गरी आमा र बच्चाको जीवन सुरक्षित गर्नुपर्ने हुन्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया