विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि १४ खर्ब आवश्यक भएको बताए । ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै उनले यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने बताए ।
सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योमीलाई आग्रह गर्दै उनले यसमा सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया