थप एक लाख रुपैयाँ भूकम्पपीडितले नपाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७४, बुधबार ०४:४७

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले दिने घोषणा गरेको थप एक लाख रुपैयाँ भूकम्पपीडितले नपाउने भएका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई चार लाख रुपैंया अनुदान दिन नसक्ने बताएको छ । निर्माण सामग्री, महँगी तथा दक्ष कामदार अभावजस्ता कारणले तीन लाखले घर बनाउन नपुग्ने भन्दै पीडितबाट गुनासो आएपछि कामचलाउ हैसियतको देउवा सरकारले एक लाख थप गरी चार लाख पुर्‍याएको थियो।

‘एक लाख थप गरेको भन्ने कुरा हामीले मिडियामार्फत् सुनेका हौं, प्रक्रियागत तवरले निर्णय भएको थिएन, त्यसैले भूकम्पपीडितले चार लाख होइन तीन लाखमात्रै अनुदान पाउँछन्,’ प्राधिकरण प्रवक्ता यमलाल भुसालले भने । ‘तीन लाख मात्रै अनुदान पाउने हो, धमाधम घर बनाउनुहोस्,’ भुसालले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१