खिचडी नामक पुस्तक लेखनकुञ्जमा सार्बजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७४, शुक्रबार ०५:५७

काठमाडौ । प्रशासक मदनदेब आचार्यद्धारा लिखित खिचडी नामक पुस्तक बिहीबार लेखनकुञ्जमा सार्बजनिक भएको छ ।
प्रशासन , राजदबार , कोइराला परिबार , इन्दिरा गान्धी , अमेरिका , ब्यापार , महारानी एलिजाबेथ जापानी राजकुमार अकहितो , सिनेमा अस्पताल , अदालत , दुताबास र पराराष्ट्र संबन्धमा केन्द्रित भएर लेखिएको खिचडीको पत्रकारहरुको उपस्थितिमा लोकार्पण गरिएको हो ।
लेखक मदनदेब आचार्य , घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल , घोष्टराइटिङ नेपालका सम्पादक एबं बरिष्ठ पत्रकार टंक पन्तद्धारा सार्बजनिकीकरण गरिएको पुस्तकमा कोशी प्रोजेक्ट काण्ड, नेपाल भारत बोर्डर किचलो , मदभटटीको भुमिसुधार, नोकरबाट मालिक भएको दिन , ब्याक्तिबादी प्रशासन पेशा अनुसारको बोली जस्ता ३ सय ३४ बिषय समेटिएको छ ।
पुस्तकको एक पाना लेखिएको छ – क्युरियो डिस्प्ले गर्दै गर्दा इन्दिरागान्धीको आखा बुद्धको त्यो खास मुर्तिमा प¥यो , रिसाउेदै उनले भनिन् , यो किन ल्ययाएको ? कुनै पनि हिष्ट्रिमा बुद्धशक्ति (स्त्रस्संग ससर्ग) भएको भए बुद्ध, बुद्ध नै हुने थिएनन यो कुनै एउटा मुर्तिकारको कलमको कल्पना मात्र हो तत्काल यो मुर्ति फिर्ता गरिदउ । ं
सम्पादक टंक पन्तले पुस्तकमा समेटिएका बिषयहरु राजनीतिक क्षेत्र र प्रशसान क्षेत्रका लािग निकै उपयोगी भएको उल्लेख गरेका छन ।
पुस्तकका बारेमा लेखन कुञ्जका अध्यक्ष भन्छन–यो खिचडीमा धेरै कुरा पाकेका छन धेरै कुरा मिसिएका छन जताबाट जसरी खाएपनि खिचडीको स्वाद एकै भएजस्तै यो पुस्तकमा जहा पल्टाएपनि मदनदेबलाई पाउछौ ।
पुस्तक लोकार्पण कार्यक्रममा पत्रकारहरुले पुस्तकका बारेमा राखेका जिज्ञासाहरुको जबाफ लेखक आचार्यले दिएका थिए । घोष्टराइटिङ नेपालद्धारा प्रकाशित पुस्तक ३ सय ३४ पृष्ठको छ भने पुस्तकको मुल्य ३ सय ७५ रहेको छ ।
घोष्टराइटिङ नेपालले आहिले राजनीतिक , आर्थिक , सामाजिक , धार्मिक लगायत हरेक क्षेत्रका डेढ सय भन्दा बढी बिशिष्ट ब्याक्तिहरुको पुस्तक लेखिरहेको छ । जसको बारेमा पुस्तक लेखिनुपर्छ वा जस्को पुस्तक बजारमा आउदा राष्ट्रको सम्पत्ति हुन सक्छ तर त्यस्ता ब्याक्तित्वहरु त्यस्ता ब्याक्तित्वहरुको पुस्तक लेखिदिने काम घोष्टराइटिङले गर्दे आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१