नुवाकोट । नुवाकोटमा सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग (फिरफिरे) मापदण्डविपरीत पाइएपछि बन्द गर्न उद्योग विकास शाखाले पत्र काटेको छ ।
बेलेकोटगढी नगरपालिकाभित्रका ४७ फिरेफिरे उद्योग सबै बन्द गर्न निर्देशनको पत्र उद्योगीलाई दिइएको छ ।
कच्चा सामाग्री धादिङ जिल्लाको खानी देखाएर यहाँ दर्ता भएपनि कुनैपनि उद्योगले त्यसको पालना नगरेको अनुगमनमा पाइएको छ । जिल्लामा अवैध उत्खनन गरी खानी सञ्चालन गर्ने र बालुवा प्रशोधनपछिको पानी सिधै नदीमा मिसाउने उद्योग मापदण्ड पूरा नगरी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताए ।
प्रतिक्रिया