यी हुन् दुनियामै सबैभन्दा ठूलो मुख भएका मान्छे (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७१, शनिबार १३:३०

एकजना मान्छेको मुख कतिसम्म ठूलो हुन सक्ला ? कोही मान्छेले आफ्नो मुखभित्रै कोकको क्यान पूरै अटाइदिन सक्छ भन्ने तपाइँ पत्ताउनुहुन्छ ? हो, mouth२४ वर्षका एक युवक यस्ता छन् जसले मुख बाएको देख्दा साँच्चीकै डरै लाग्छ ।

अफ्रिकी देश एंगोलाका नागरिक २४ वर्षीय फ्रान्सिस्को डोमिन्गो ज्वाक्विम विश्वमा सबैभन्दा चौडा मुख भएका व्यक्ति हुन् । सन् २०१० मै उनले आफ्नो नाम गिनिज बुकमा लेखाइसकेका छन् ।

उनको मुखको चौडाइ १६.९९ सेन्टिमिटर लामो छ । दुइ गाला च्यातेर मुख बाउँदा उनको मुखभित्रका दाँत, जिब्रो मात्र होइन किलकिले सम्मका भित्री अंग छर्लंगै देखिन्छन् ।

हेरौँ गिनिज बुकले तयार पारेको यी ठूलोमुखे सम्बन्धि भिडियो


प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१