अस्मिता सुमार्गी सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७४, शुक्रबार ०६:५९

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल स्याटलाइट टेलिकम प्रालिको अध्यक्ष अस्मिता सुमार्गीलाई सम्मान गरिएको छ। नारी एकता समाजले सुमार्गीसहित समाजसेवी महिलाहरूलाई सम्मान गरेको हो। थाहा मिडिया ग्रुपको अध्यक्ष सुमार्गी साहित्य सिर्जनामा पनि सक्रिय छिन्। उक्त अवसरमा प्रतिनिसभा सांसद तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा, राष्ट्रियसभाकी सदस्य कोमल वली, प्रदेश ३ की उपसभामुख राधिका तामाङ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतका विभिन्न पेसा व्यवसायमार्फत समाजमा योगदान पुर्‍याउने महिलाहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१