२० बर्षदेखि ढुंगामाटो खाएर धानिएको जीउ : भिडियो सहित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७१, शनिबार १३:१५

संसार विचित्रको छ । अनेक खालका मान्छेहरुसँग जमघट हुन्छ । उनीहरुको आफ्नै प्रकारको आनीबानी र लत/कुलत पनि । भारत कर्नाटकका ३० वर्षका पक्कीरप्पा हुनागुन्डी पनि यस्तै एक हुन् । जो बिहान बेलुकी भातको सट्टा ढंगामाटो खान्छन र इटा चपाउँछन् ।



उनी दिनमा झण्डै तीन किलो इट्टा, मोटो तथा सिमेन्ट र गिटी घोलेको लेदो खान्छन् । उनलाई यो आदत१० वर्षको उमेरदेखि लागेको हो । उनी भन्छन्-’म २० वर्षदेखि इटा र ढंुगा खाँदै आएको छु । मलाई यो मन पर्छ । यो मेरो जीवनको हिस्सा भइसक्यो ।’ यसले आफूलाई कुनै असर नगरेको र दाँतमा समेत कुनै प्रभाव नपरेको उनको दावी छ । उनकी आमाले भने छोराको यो लत छुटाउन प्रयास गर्दै आएकी छन्, तर आजसम्म हात लाग्यो सून्य नै छ ।


‘यदि मलाई कसैले अमृत दिन्छ भने पनि म खान्न । मेरी आमाले ढुंगामाटो छाड भन्दै कुखुराको मासु फ्राइ गरेर दिइन । तर, मैले त्यो खाइँन’ पक्कीरप्पा भन्छन्-’मलाई इटा र ढुंगा चाहिन्छ ।’ उनी गाउँमा ज्याला मजदुरीको काम गर्छन् ।तर, पछिल्लो दिनमा ढुंङ्गामाटो खाने मान्छेको रुपमा चर्चा भएपछि आफ्नो क्षमता देखाउन विभिन्न ठाउँमा जाने गरेका छन् । चार वर्ष अघि बाबुको मृत्यु भएपछि आमाको हेरचाह गर्ने जिम्मेवारी बहन गर्दै आएका उनी भन्छन्-’हाम्रो केही आम्दानी छैन । अब यसैलाई देखाएर केही पैसा कमाउन चाहन्छु ।’

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१