अवसरका लागी जानेलाई नरोकौँ बाध्यताले विदेशीनेलाई रोकौँ– डा. गौतम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७४, सोमबार ०५:०५

गैँडाकोट । नेपाल सरकार सहकारी तथा गरिवि निवारण मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डाक्टर बिष्णुप्रसाद गौतमले बाध्यताले विदेशीने युवालाई रोक्नुपर्ने बताउनुभएको छ ।

गैँडाकोटको किसान बचत तथा ऋण सहकारी संस्था र सहयात्री बचत तथा ऋण सहकारी संस्थामा भएका दुई छुट्टाछुट्टै ब्याज अनुदान बितरण कार्यक्रममा बोल्दै डा। गौतमले यस्तो बताउनुभएको हो । उहाँले युवाहरु अवसरका लागी विदेशीएर देशका लागी लगानी गर्न सक्ने तर बाध्यताले विदेशीने शक्तिलाई देशमै अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।

सरकारले युवा स्वरोजगार कोषको अवधारणालाई आत्मसाथ गर्दै गाउँ गाउँका युवाका लागि अनुदानमा विना धितो ऋण उपलब्ध गराउनुको उदेश्य पनि यही रहेको उहाँको भनाई थियो । अनुदानमा ऋण लगेका ऋणीमध्ये असल ऋणीहरुलाई आज ब्याज स्वरुपको अनुदान दिईएको हो । सरकारले १० प्रतिशत सहुलीयत ब्याजमा युवाहरुका लागी सहकारीमार्फत ऋण लगानी गर्छ ।

ऋणीले समयमा ब्याज र साँवा बुझाए ब्याज फिर्ताको व्यवस्था गरेको जानकारी उहाँले दिदैँ यो अवसरलाई सदुपयोग गर्नपनि ऋणीहरुलाई आग्रह गर्नुभयो । किसान बचत तथा ऋण सहकारी संस्थाबाट युवा स्वरोजगार कोषको अनुदान ऋण लिएका ४८ जना मध्ये ३५ जनाले ब्याज अनुदान पाएका छन् । यस्तै सहयात्री बचत तथा ऋण सहकारी संस्थाबाट युवा स्वरोजगार कोषको अनुदान ऋण लिएका ३३ जनामध्ये सबै जनाले ब्याज अनुदान प्राप्त गरेका छन् । किसान बचत तथा ऋण सहकारी संस्थामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरी चालीसेको अध्यक्षता रहेको थियो । यस्तै सहयात्री बचत तथा ऋण सहकारी संस्थामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण ओझाको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरु युवा तथा साना व्यवसायी स्वरोजगार कोषकी उपसचिव सिर्जना वाग्ले, युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका नवलपरासी जिल्ला सदस्य सचिव प्रितम भुजेलले युवाहरुको प्रोत्साहनका लागी कोषले सरकारसमक्ष सहुलीयत ऋणको दर बढाउन पहल गरेको जानकारी दिनुभयो ।
किसान बचत तथा ऋण सहकारी संस्थाका सचिव अनिल सापकोटाको सहजीकरणमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरी चालीसेले संस्थाबाट निश्चित उद्धेश्यले लिएको ऋणलाई सोही काममा नै लगानी गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१