काठमाडौं । हेटौंडाबाट काठमाडौं जोेड्ने छोटो दूरीको सुरुङमार्ग निर्माण गर्न सरकार नै अग्रसर भएको छ । निजी क्षेत्रले ‘सिन्को नभाँचेपछि’ सडक विभाग आफैंले भीमफेदी–कुलेखानी खण्डमा सुरुङ निर्माणको अवधारणा ल्याएको हो ।
विभागको प्रस्तावअनुसार सडक विस्तार गर्न असजिलो रहेको भीमफेदी–कुलेखानी खण्डमा मात्रै सुरुङ निर्माण गरिनेछ । हेटौंडा–भीमफेदी र कुलेखानी–काठमाडौं सडकखण्डलाई स्तरोन्नती मात्रै गरिनेछ ।
काठमाडौं जोड्ने सुरुङमार्ग निर्माणका लागि अहिले निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड ९एनपीबीसीएल०ले सरकारसँग अनुमति लिएको छ । तर, उक्त कम्पनीले अहिलेसम्म आर्थिक स्रोत जुटाउन सकेको छैन । आर्थिक स्रोतको आधार नै पेश गर्न नसकेपछि आयोजना अन्योलमा छ ।
निर्माण थाल्न सरकारबाट पाएको पछिल्लो म्याद गुज्रिएको महिनौं भइसक्यो । आर्थिक आधार पेश गर्न थप तीन वर्ष म्याद दिन सरकारसँग प्रस्ताव गरेको छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एनपीबीसीएलको नयाँ प्रस्तावित तालिकाअनुसार लाइसेन्सको म्याद थपेको छैन ।
शुरुको सम्झौताअनुसार उक्त सुरुङमार्गमा जनवरी २०१७ देखि नै सवारी साधन सञ्चालन भइसक्नुपथ्र्यो । तर, अझै निर्माण प्रारम्भसमेत भएको छैन ।
प्रतिक्रिया