बलिउडमा जमेका ‘विदेशी’ नायिका चर्चामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०७४, आईतवार ०४:१८

मुम्बई ।  बलिउडमा केही यस्ता नायिका छन् जो विदेशमा जन्मेर पनि बलिउडमा राज गरिरहेकी छन्। भन्ने गरिन्छ बलिउडमा जम्नका लागि हिन्दी पनि राम्रो हुनुपर्छ। तर भारतका केही यस्ता नायिका छन् जसको नाम र काम नै पहिचानका लागि काफी छ। त्यस्ता केही नायिकाको यहाँ चर्चा गर्न खोजिएको छ।

कट्रिना कैफ

कट्रिना कैफ बलिउडकी सफल नायिकामा पर्छिन। उनको वास्तविक नाम कट्रिना टाँरकूटो हो। उनी १६ जुलाई १९८३ मा हङकङमा जन्मेकी हुन्। हङकङमा जन्मेकी कट्रिनाको नागरिकता भने ब्रिटेनको छ। उनले २००३ मा ‘बुम’ फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन्।

२००४ सालमा ‘मल्लीस्वरी’ चलचित्रमा अभिनय गरेपनि उनको पहिचान भने सलमानको ‘मैने प्यार क्यु किया’ बाट स्थापित भयो। त्यसपछि उनीद्वारा अभिनित चलचित्र ‘वेलकम’ पनि सुपरहिट बन्न सफल भयो। यही चलचित्रबाट उनी दुईपटक उत्कृष्ट अभिनेत्रीको मनोनयनमा पर्न सफल भइन्। उनले अभिनय गरेको चलचित्र ‘टाइगर जिन्दा है’ले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको छ। उनले बलिउडका चर्चित नायक तीन खान ९सलमान, शाहरुख र आमिर०सँग अभिनय गरिसकेकी छन्। अब उनी आफ्नो नयाँ फिल्म ‘जीरो’मा शाहरुख खानसँग देखिने छिन्।

दीपिका पादुकोण

दीपिका पादुकोण पछिल्लो पुस्ताकी सफल अभिनेत्री हुन्। ५ जनवरी १९८६ मा डेनमार्कमा जन्मेकी पादुकोण बलिउडकी निकै चलेकी नायिका हुन्। उनले अहिलेसम्म तीन ओटा चलचित्रबाट अवार्ड हात पारिसकेकी छन्।

उनले फराह खानको चलचित्र ‘ओम शान्ति’बाट बलिउडमा प्रवेश गरेकी थिइन्। ‘रामलीला, बाजीराव मस्तानी र पद्मावत’ उनको करियरका सबैभन्दा महत्वपूर्ण फिल्म हुन्।

नरगिस फाखरी

बलिउड अभिनेत्री नरगिस फाखरी २० अक्टुबर १९७९ मा अमेरिकाको न्यूयोर्कमा जन्मेकी हुन्। उनी अमेरिकी मोडल र एक्टर हुन्। फाखरीलाई बलिउडमा त्यति धेरै अवसर त प्राप्त भएको छैन। तर उनले २०११ मा ‘रकस्टार’मा अभिनय गरेकी छन्।

उक्त चलचित्रमा उनीसँगै मुख्य भूमिकामा नायक रणबीर कपुर थिए। उक्त फिल्मले राम्रै ब्यापार गरेपनि फाखरीलाई नयाँ पहिचान दिन सकेन। उनले बलिउडमा पाँच चलचित्रमा अभिनय गरेकी छन्।

जैकलीन फर्नांडिज

जैकलीन फर्नांडिज एक श्रीलंकाली अभिनेत्री हुन्। ११ अगस्ट १९८५ मा श्रीलंकाको मनामामा जन्मेकी हुन्। जैकलीनले २००९ मा बनेको फिल्म ‘अलादीन’बाट बलिउडमा डेब्यु गरेकी हुन्। उक्त चलचित्रमा उनीसँगै रितेश देशमुख र अमिताभ बच्चन मुख्य भूमिकामा छन्। त्यसपछि उनले चलचित्र ‘मर्डर २’मा अभिनय गरेकी थिइन्।

उनले सलमानसँग चलचित्र ‘किक’ मा पनि काम गरेकी छन्। अहिले उनी चलचित्र ‘रेस ३’को सुटिङमा ब्यस्त छिन्। उनी उक्त चलचित्रमा सलमानसँग देखिने छिन्। उनी अहिले पनि बलिउडमा जम्नका लागि संघर्ष गरिरहेकी छन्।

सन्नी लियोनी

क्यानडामा जन्मेकी बलिउडकी ‘बेबी डल’ सन्नी लियोनीले आफ्नो फरक पहिचान बनाएकी छन्। उनको जन्म १३ मे १९८१ मा भएको हो। उनी एक भारतीय र अमेरिकन कलाकार हुन्। उनको वास्तविक नाम करनजीत कौर बोहरा हो। उनले बिहे गरिसकेकी छन् भने उनी पूर्व चर्चित पोर्नस्टार पनि हुन्।

बलिउडमा उनले २०१२ मा बनेको पूजा भट्टको चलचित्र ‘जिस्म २’बाट डेब्यु गरेकी थिइन्। त्यसपछि उनले चलचित्र ‘जैकपोट’ ९२०१३०, ‘रागिनी एमएमस–२ ९२०१४० र ‘एक पहेली लीला’ ९२०१५०मा अभिनय गरिन्। उनले धेरै आइटम गीतमा समेत अभिनय गरिसकेकी छन्। उनले शाहरुखको ‘रईस’ को ‘लैला ओ लैला’ बोलको गीतमा आइटम डान्स गरेकी छन्। उनी केही समय पछि प्रदर्शन हुने चलचित्र ‘टोटल धमाल’मा देखिने भएकी छन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१