बहुपति प्रथालाई मौन स्वीकृति दिई कायम रहिरहन दिनु न्यायपूर्ण हुँदैन। पतिसँग सगोलमा बसेकी महिलाले निजसँग सम्बन्धविच्छेद नगरी अर्को पुरुषसँग विवाह गर्ने प्रचलन बढेर गएको देखिन्छ। पछिल्ला दिनमा वैदेशिक रोजगारमा जाने पुरुष यसबाट बढी पीडित हुन पुगेका छन्। मुलुकी ऐन र संहिताले समेत यसलाई कसुर मानेको छैन।
ब्लबलमब(चबव(एबलतबएकै समयमा कुनै पुरुष वा महिलाको एकभन्दा बढी पत्नी वा पति हुनुलाई बुझाउँछ। नेपाली समाजमा पुरुषले बहुपत्नी राख्ने चलन प्राचीनकालदेखि चलेको पाइन्छ। त्यसैगरी महिलाले बहुपति राख्ने चलन केही जाति विशेषमा छ। महिलाले पतिसँग सम्बन्धविच्छेद नगरी अर्को पुरुषसँग विवाह गर्ने प्रचलन पनि छ। नेपाली समाज हिन्दू धर्म र पितृसत्तात्मक संस्कारबाट बढी प्रभावित छ। हिन्दू धर्म एकपति, एकपत्नीको सिद्धान्तमा आधारित देखिन्छ।
वैदिककालका महर्षि उद्दालकका पुत्र श्वेतकेतुलाई एकपति, एकपत्नी सिद्धान्तका आदिचार्य मानिन्छ। ‘पितृ उद्धारका लागि छोरा आवश्यक हुने’ अन्धविश्वासका कारण छोराको लागि पुरुषले अर्को विवाह गर्ने प्रचलन रहेको बुझिन्छ। हिन्दू धर्मबाट प्रभावित मुलुकी ऐनमा स्वास्नीबाट सन्तान नभएमा, यौनसम्बन्धी रोग लागेमा, कुनै सरुवा रोग लागि निको नहुने भएमा, कुँजो भएमा लोग्नेले अर्को विवाह गर्न पाउने व्यवस्था छ।
सोबाहेकको अवस्थामा बहुविवाह गर्ने पुरुषलाई र विवाहित पुरुष हो भन्ने जानीजानी विवाह गर्ने महिलालाई सजाय हुन्छ। मुलुकी ऐनमा भएको उक्त व्यवस्थालाई २०७२ सालमा परिमार्जन गरी ‘स्वास्नी अंश लिई भिन्न भई बसेबाहेक स्वास्नी जीवित छँदै अर्को विवाह गर्न नपाउने’ व्यवस्था गरी सजाय पनि बढाइएको छ।
मुलुकी ऐन अंशबन्डाको महलमा कसैका एकभन्दा बढी स्वास्नी रहेछन् भने सबै स्वास्नीले आफ्ना लोग्नेको अंश बाँडी खान पाउने, अंश लिई बेग्लै भएपछि पुरुषले अरू स्वास्नी ल्यायो भने पनि लोग्नेको अंशबाट अंश पाउनेलगायत कानुनी व्यवस्था रहेको पाइन्छ। बहुपत्नीको प्रचलनलाई मुलुकी ऐनले अपराध मानी सजायको व्यवस्था गरे पनि अप्रत्यक्ष रूपमा बहुपत्नी प्रथालाई स्वीकार गरेको देखिन्छ।
बहुपत्नीमा आधारित बहुविवाह गर्नेलाई सजायको व्यवस्था भए पनि बहुपत्नी बदर हुने कानुन नभएको र विवाहपछि बहुविवाह गरी आउने महिलाको अंशलगायत सम्पूर्ण अधिकारमा समान हक हुने कानुन भएकोले कानुनले छुट दिएका अवस्थाबाहेक पनि स्वास्नी जीवित छँदै पुरुषले अर्को विवाह गर्ने प्रचलन नरोकिएको पाइन्छ। पितृसत्तात्मक समाजका कारण अधिकांश बहुविवाहका घटनामा उजुरी परी कानुनको दायरामा आएको पाइँदैन।
उजुरी गरे पनि बहुविवाह भइसकेपछि बदर नहुने, लोग्नेको सम्पत्तिमा पछि विवाह गरी आउने पत्नीसमेत समान हकदार हुने भएका कारण लोग्नेको सहानुभूति तथा माया पाउन सकिने तृष्णा, लोग्ने र सौताको हेलत्व सहनु नपरोस् र आफ्ना छोराछोरीको भविष्यमा लोग्नेसहितको परिवार र समाजसमेतको सहयोग प्राप्त हुन सकोस् भन्ने अभिलाषाले जेठी पत्नीको तर्फबाट बहुविवाहमा उजुरी गरी सजाय गराउन उत्प्रेरित नहुने गरेको पाइन्छ।
सुख र शान्तिपूर्वक पारिवारिक जीवन बिताउन, व्यक्तित्व विकास गर्न, सभ्य र आदर्श परिवार निमार्ण गर्न ‘एकपति, एकपत्नी’ एउटा कडी हो। विवाहको नाउँमा पुरुषले एकभन्दा बढी पत्नी राख्नु लैंगिक न्यायविपरीत हो। यसले महिलामाथि असमानता र अन्यायपूर्ण अवस्था सिर्जना गर्दै घरेलु हिंसा बढाउँछ।
अबोध बालबालिका यातना, विभेद र असमानताको शिकार हुन पुग्छन्, पुगेका छन्। व्यवस्थापिका संसद्ले मुलुकी अपराध ९संहिता० ऐन, मुलुकी फौजदारी कायविधि ९संहिता० ऐन, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, मुलुकी देवानी ९संहिता० ऐन र मुलुकी देवानी कायविधि ९संहिता० ऐनलगायत पाँच वटा कानुन तर्जुमा गरी २०७४ असोजमा जारी गरेको छ। यी संहिता २०७५ भाद्र १ गतेदेखि लागू हुँदै छन्। संहिता लागू भएपछि हाल प्रचलनमा रहेको मुलुकी ऐनलगायत कानुन खारेज हुनेछन्। संहितामा गरिएका कानुनी व्यवस्था समाजलाई सभ्य, नैतिकवान्, अनुशासित, मर्यादित र मानवअधिकारमैत्री बनाउने दिशामा केन्द्रित छन्।
बहुविवाहका सम्बन्धमा संहिताले गरेको कानुनी व्यवस्था अग्रगामी छन्। अपराध संहिताले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने, विवाहित पुरुष हो भन्ने जानीजानी महिलाले पनि त्यस्तो पुरुषसँग विवाह गर्न नहुने, यसरी विवाह गर्ने पुरुष वा महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था गरेको छ। तर, पति वा पत्नीले अंशबन्डा गरी भिन्न भएमा त्यस्तो पति वा पत्नीले पुनः विवाह गर्न पाउने छुट दिएको छ।
वस्तुत ः संहिताले बहुविवाहलाई पहिलो पटक स्वत ः बदर हुने व्यवस्था गरी ‘एकपति एकपत्नी’को मान्यतामा आधारित सभ्य र लैंगिक समानतामैत्री समाजमा रूपान्तरित गर्न खोजेको छ। विवाहले कानुनी मान्यता नपाउने र अंशलगायत कुनै पनि हकको सिर्जना नहुने भएपछि विवाहित पुरुषसँग कुनै पनि महिला विवाह गर्न राजी हुने छैनन्। विवाह बदर हुने भएकोले मर्का पर्ने पक्ष अर्थात् जेठी पत्नी तथा छोराछोरी पनि उजुरी गरी विवाह बदर गराउन उत्प्रेरित हुनेछन्।
परिणामतः समाजमा बहुविवाह गर्ने प्रचलन विस्थापित हुँदै गई ‘एकपति, एकपत्नी’को आदर्श मूल्यमान्यतामा आधारित समाजको निर्माण र विकासमा मद्दत पुग्ने देखिन्छ। बहुविवाहको अपराध नियन्त्रणका लागि विवाह बदर नै सबैभन्दा ठूलो कडी हो। विवाह बदर हुने व्यवस्था गरिसकेपछि कडा सजाय उपयुक्त हुने देखिँदैन। कडा सजायको व्यवस्थाले परिवारको एउटा सदस्यले अर्को सदस्यलाई सजाय गराउन उजुर नगर्ने अवस्था आउँछ। त्यसैले, बहुविवाहमा हुने सजायलाई नरम बनाउँदा नै व्यावहारिक र समाजसापेक्ष हुन्छ।
विवाहित पुरुषले अविवाहित हुँ भनी झुक्याई कुनै महिलासँग विवाह गरेमा महिलाले झुक्याई विवाह गरी ल्याउने पुरुषसँग क्षतिपूर्ति माग गर्न सक्ने व्यवस्था देवानी संहिताले गरेको छ। यसरी झुक्याई विवाह गरे पनि विवाह स्वतः बदर हुने व्यवस्थाबाट महिला पीडित हुने देखिन्छ। तसर्थ झुक्याई विवाह गर्ने पुरुषलाई थप सजायको व्यवस्था गरिनु जरुरी देखिन्छ।
नेपालको हिमाली भेगको खास समुदायमा एउटै परिवारका दाजुभाइले एउटी केटी विवाह गरी साझा पत्नी बनाउने बहुपति प्रथा कायम छ। मुलुकी ऐनले समेट्न नसकेको यो प्रथाका सम्बन्धमा संहिता मौन छ। बहुपति प्रथालाई मौन स्वीकृति दिई कायम रहिरहन दिनु न्यायपूर्ण हुँदैन।
पतिसँग सगोलमा बसेकी महिलाले निजसँग सम्बन्धविच्छेद नगरी अर्को पुरुषसँग विवाह गर्ने प्रचलन बढेर गएको देखिन्छ। पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जाने पुरुष यसबाट बढी पीडित हुन पुगेका छन्। मुलुकी ऐन र संहिताले समेत यसलाई कसुर मानेको छैन। त्यसकारण, पति जीवित हुँदाहुँदै सम्बन्धविच्छेद नगरी अर्को विवाह गर्ने महिला र अर्काकी पत्नी हो भनी जानीजानी विवाह गरी लैजाने पुरुषलाई पनि सजायको व्यवस्था हुनुपर्ने देखिन्छ। संहिताले विवाहसम्बन्धमा गरेका व्यवस्था सभ्य, अनुशासित र आदर्श परिवार निर्माण गर्ने दिशातर्फ उन्मुख छन्। छुट भएका कुरालाई मध्यनजर गरी संहितालाई थप युगानुकूल र परिमार्जित बनाउँदै लैजाने कुरामा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ।
९पन्त सर्वोच्च अदालमा कार्यरत छन्०
प्रतिक्रिया