पेरिस । फ्रान्सका राष्ट्रपति एम्मानुयल मार्कोले सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएका थिए ।
सिरिया सरकारले त्यहाँका नागरिकहरू माथि रासायनिक हतियार आक्रमण गरेको प्रमाण फेला परेमा फ्रान्सले सिरियामा माथि आक्रमण गर्ने बताएको हो ।
सिरिया सरकारले संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको रासायनिक हतियार आक्रमण सिरियाली निर्दौष नागरिकहरू माथि गर्दै आएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले बताउँदै आएका छन् । यद्यपि फ्रान्सको गुप्तचर संस्थाले यसबारे अनुसन्धान गरिरहेको राष्ट्रपति मार्कोको दाबी छ । सिरिया सरकारले गत महिना नागरिकहरू माथि रासायनिक हमला गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका थिए । सरकारले भने रासायनिक हमला गरिएको तथ्यलाई अस्वीकार गर्दै आइरहेको छ ।
प्रतिक्रिया