वार्षिक ६ अर्बको विजुली चोरी र चुहावटमा खेर जान्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ माघ २०७४, मंगलवार ०५:२७

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले जतिसुकै हल्लाखल्ला गरेर प्रचार गरेपनि देशभर नै करिब ६ अर्ब २० करोड बराबरको विद्युत् चोरी र चुहावट हुने गरेको पाइएको छ ।
प्राधिकरणले आन्तरिक रुपमा गरेको अध्ययनअनुसार चोरी र चुहावटको मात्रा केही कम भएपनि औसतमा भने ठूलो परिमाणमा विद्युत् चोरी र चुहावट अझै पनि भइरहेको पाइएको छ ।
प्राधिकरणको पहुँच नभएका ग्रामीण क्षेत्रमा कम चोरी र चुहावट हुने गरेको छ । तर सुगम र शहरी क्षेत्रमा नै सबैभन्दा बढी चोरी भइरहेको छ ।
सहरका भित्री भाग तथा प्राधिकरणको पहुँच नपुगेका ठाउँमा ठूलो परिमाणमा चोरी हुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पछिल्लो समयमा चालेको चोरी नियन्त्रण अभियानबाट मात्रै रु एक अर्ब २६ करोड आम्दानी गर्न सफल भएको छ । तर प्रणालीमा अझै ६ अर्बको चुहावट भइरहँदा त्यसले पार्ने आर्थिक प्रभाव भने भयावह रहेको छ ।
प्राधिकरणकाअनुसार सबैभन्दा बढी चुहावट वितरण प्रणालीमा रहेको छ । त्यसमा करिब १६ प्रतिशतको हाराहारीमा चुहावट हुने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१