काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनले सवारीसाधन मुनाफासम्बन्धी आएका समाचारमा आपत्ति जनाएको छ।
नाडाले एक विज्ञप्ती जारी गर्दै आफ्ना सदस्य प्रतिष्ठानहरुले आयात गरी कारोबार गरिरहेका सवारीसाधनहरुको मुनाफाको सम्बन्धमा आपूर्ती ब्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागबाट अनुगमन भइरहेको स्पष्ट पार्दै आपत्ति प्रकट गरेको हो।
साथै नेपाली नागरिकले स्वतन्त्रतापूर्वक व्यापार गर्न पाउनुपर्ने अधिकारमा हस्तक्षेप नगर्न आग्रह गरिएको छ। आर्थिक ऐन बमोजिम प्रत्येक चार÷चार महिनामा रिपोर्ट सार्वजनिक गर्ने गरेको र राजश्व लगभग १ खर्बको हाराहारीमा सवारीसाधनबाट असुलउपर भैरहेको अबस्थामा २०३२ सालको मुलुकी ऐन प्रयोग गरी ठगी कसुरमा सजाय गर्नको लागि प्रहरीलाई लेखी पठाएको विषयमा पनि नाडाले विरोध गरेको छ।
नाडाले अनुसन्धानमा प्रभाव पर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै विज्ञप्तिमार्फत अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया