यी एपहरूले खाइरहेछन् फोनको ब्याट्री, हटाउनुभए हुन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७४, सोमबार ०४:४८

काठमाडौं । डिभाइस सेक्युरिटी फर्म एभीजीले एन्ड्रोइड स्मार्टफोनको ब्याट्री खाइदिने एपहरूको सूची सार्वजनिक गरेको छ । यी एपहरूले फोनको ब्याट्री छिटो सकिदिन्छन् ।

ती एपहरूमा गेमिङ एपदेखि सामाजिक सञ्जाल एपसम्म छन् । यी सबै फ्री एप गूगल प्लेस्टोरमा उपलब्ध छन् । राम्रो ब्याट्री ब्याकअपका लागि यिनलाई तपाईंले डिलिट गर्न सक्नुहुन्छ ।

एपले फोनको मेमोरी र इन्टरनेटमा लगातार एक्सेस गरिरहेको हुन्छ । एप बन्द गर्दा पनि यिनीहरूले ब्याकउन्डमा प्रोसेसिङ गरिरहेका हुन्छन् । यसले गर्दा फोनको ब्याट्री लगातार कम भइरहेको हुन्छ । जस्तो, तपाईंको फोनमा
फेसबूक लगइन छ भने त्यसलाई ओपन नगर्दा पनि ब्याकएन्डमा त्यसको प्रोसेसिङ चलिरहेको हुन्छ । एपहरू आफैं अप्डेट भइरहेका हुन्छन् र तिनले पनि ब्याट्री खाइदिन्छन् ।

क्यान्डी क्रश सागा
गेमिङ एप क्यान्डी क्रश सागाले ब्याट्रीका साथै स्टोरेज र डाटा पनि धेरै खाइदिन्छ । संसारभरि यस गेमका फ्यान छन् । यो एप २.३ वा त्यसभन्दा माथिको एन्ड्रोइडमा यसले काम गर्छ ।

अन्य एपमा पेट रेस्क्यु सागा, क्ल्याश अफ क्ल्यान्स, गूगल प्ले सर्भिसेज, फेसबूक, ह्वाट्सएप, लूकआउट सेक्युरिटी एन्टीभाइरस, एन्ड्रोइड वेदर एन्ड क्लक विजेट, सोलिटेयर लगायत पर्छन् ।

एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१