भारतको ६८ औँ स्वतन्त्रता दिवस, नेपालका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० श्रावण २०७१, शुक्रबार १२:०४

भारतले ६८ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाउँदैछ । यसै दिवसको उपलक्ष्यमा काठमाण्डुमा पनि विभिन्न कार्यक्र गरिदैछ ।

यसैबीच भारतको स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिनुभएको छ राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै सन्देश पठाई बधाई ज्ञापन गर्नुभएको छ । सन्देशमा राष्ट्रपति डा यादवले भारतीय राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।indian-flag-pic-440x330

सन्देशमा उहाँले दुई देशबीच रहिआएको वर्षौ पुरानो सम्बन्ध आउँदा वर्षमा अझ सुदृढ हुँदै जाने विश्वास  व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले भारतीय समकक्षी मोदीलाई शुभकामना सन्देश पठाउँदै भारत सरकार र त्यहाँका जनताप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीलाई आज पठाउनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले मोदीको यसै महिना भएको नेपाल भ्रमणको स्मरण गर्दै त्यसले द्विपक्षीय मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्धलाई  अझ सुदृढ तुल्याएको बताउनुभएको छ ।

प्रतिक्रिया