विप्रो कन्जुमर केयर एसियामा तीव्र गतिमा विकसित भइरहेको एक उपभोग्य सामग्री उत्पादक कम्पनी हो। विप्रो कन्जुमर केयरले हाल एसिया र मध्यपूर्वका ५० भन्दा बढी देशमा आफ्नो उपस्थिति मजबुत बनाइसकेको छ । ३० भन्दा बढी आफ्नै ब्रान्डहरूसहित बलियो पहिचान बोकेको यस कम्पनीका उत्पादनहरू प्रमुख बजारहरूमा अग्रणी स्थानमा रहन सफल छन् ।
विप्रोकै एक प्रमुख उत्पादन यार्डली विश्वका ४० भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । नेपालमा हाल विप्रोका उत्पादनमध्ये सन्तुर, ग्लुकोभिटा, इनच्यान्टेर, यार्डली, रोमानो र सेफ वास बिक्री हुने गरेका छन् ।
विप्रो सन् १९४५ मा भारतमा स्थापना भएको बहुराष्ट्रिय कम्पनी हो । यो कम्पनीले आइटी, पूर्वाधार, शिक्षा, इको इनर्जीमा काम गर्दै आएको छ । यस कम्पनीले उत्पादन गरेका सामग्री सन् २००३ देखि नेपाली बजारमा छन् । सुरुमा ग्लुकोभिटाबाट विप्रोले नेपालमा व्यापार सुरु गरेको थियो । अहिले फुड र कस्मेटिक्स पनि बिक्री गर्दै आएको छ ।
विप्रोले धेरैथरी सामान उत्पादन गरेको भए पनि ग्लुकोज, साबुन, कस्मेटिक्स नेपालमा बढी बिक्रि हुने गरेको छ । भारत, सिंगापुर र मलेसियामा उत्पादन भएका सामग्री यस कम्पनिले बिक्रि गर्ने गर्दछ । फुड अन्तरगत ग्लुकोभिटा बोल्ट्स, ग्लुकोभिटा पाउडर रहेको छ । सन्तुर ब्राण्डका साबुन, हेन्डवास, बडी लोसन बिक्री हुने गर्दछन । स्वीट एन्ड हेल्दी सेफवास लिक्विड डिटरजेन्ट, सेफवास फेव्रिक कन्डिसनर, इन्चेन्टर बडी लोसन, परफ्यूम, रोमानो बडी स्प्रे रहेका छन् ।
ग्लुकोटा भिटा पाउडर औषधीको रुपमा पनि प्रयोग हुन्छ ।यो चिकित्सकको सिफारिस बिनै दिन सकिन्छ । शरिरलाई स्वस्थ्य राख्न चाहिने ग्लुकोज, आइरनको मात्रा यसमा पाइन्छ । यसले ‘मेन्टल रिफ्रेसमेन्ट’ दिन्छ । बालबालिकाको दिमागमा स्फूर्ति बढाउन सघाउँछ । पानी नभएको बेला पनि ग्लुकोभिटा बोल्ट ट्याबलेट प्रयोग गर्न सकिन्छ । एक ट्याबलेटमा दुई ग्राम ग्लुकोज हुन्छ । सन्तुर सावुनले छालामा रहेको दाग हटाउन सघाउँछ । महिला र पुरुषले प्रयोग गर्ने अन्य कस्मेटिक सामग्री निकै उपयोगी छन् ।
ब्राण्डेड कम्पनी भएकाले विप्राले उत्पादन गरेका हरेक सामग्री गुणस्तरीय छन् । लामो अनुसन्धान र प्रयोगपछि मात्र बजारमा सामान ल्याएको सम्बन्धित निकायले प्रमाणित गरेका छन् । कम्पनीको मुख्य विशेषता भनेकै गुणस्तरमा कसैसँग सम्झौता नगर्नु हो
विप्रो नेपालले बिक्री गरिरहेको स्विट एन हेल्दी विश्व स्वास्थ्य संगठनले स्वीकृति प्रदान गरेको छ । अन्य कस्मेटिक्स पनि गुणस्तरीय छन् ।
कम्पनीले नेपाल भर बिक्रीको प्रबन्ध मिलाएको छ । भाटभटेनी, बिगमार्टका आउटलेटमा सामग्री पाइन्छ । नेपालमा अहिले करिब ५० यस कम्पनीका उत्पादन प्रयोग गरिरहेका छन् ।
प्रतिक्रिया