रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७४, बिहीबार ०५:३६

रसुवा ।  रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने भएको छ। जिल्लामा प्रयोग हुँदै गरेका प्लाष्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो।

दैनिक जीवनमा प्रयोग बढ्दै गएको प्लाष्टिकबाट डिजेल उत्पादन गर्नका लागि गोसाइँकुण्ड गाउँपालिकाले प्रक्रिया अगाडी बढाएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)  को टोलीले जिल्लाको स्याफ्रुमा डिजेल उत्पादनको परिक्षण गरेर देखाएको छ। मंगलबार टोलीले एक किलो प्लास्टिकबाट ६०० एमएल डिजेल उत्पादन गरेर देखाएको हो।

एक किलो प्लाष्टिकबाट एक लिटर डिजेल उत्पादन हुन्छ। यसका लागि करिब दुई घण्टा लाग्छ। गाउँपालिकाले स्थापना गर्न लागिएको प्लान्टमा भने एक पटकमा १० लिटर उत्पादन गर्न सकिने बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१