‘आवेग’ मा अर्चनाको जवानी पोखिएपछि (फोटो फिचर )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० श्रावण २०७१, शुक्रबार ११:५०

काठमाण्डौ, चलचित्र आवेगको आइटम गीतको छायांकनसग सुटिङ आरम्भ गरिएको छ । abegकाठमाण्डौको बनस्थलीस्थित बालाजु ल्याबमा नायिका अर्चना डेलालाले महंगो सेटमा आइटम नृत्य गरिन् । चलचित्रको आइटमसँगै एक्सनको दृश्य पनि सोही सेटमा खिचिनेछ ।photot-archana

बिहिबार काठमाण्डौको बनस्थलीस्थित बालाजु ल्याबमा महंगो सेट लगाएर यसको निर्माणपक्षले आइटम गीतको छायांकन गरेको हो । कविराज गहतराज आइटम गीतमा नृत्य सिकाउ“दै थिए भने पुरुषोत्तम प्रधानले आकर्षक दृश्यलाई क्यामेरामा कैद गरिरहेका थिए ।photo-set-bhulbhulaiya
यो महंगो सेटका लागि निर्माणपक्षले करिब १० लाख खर्च गरेको छ । निर्माता समेत रहेका गीतकार सूर्य कार्कीले यसअघि ‘मेरो जीवन साथी’मा पनि महंगो सेट लगाएका थिए । ‘विक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि’ बोलको गीतमा ‘मुन्नी बदनाम हुई’ बोलको गीत गाएर चर्चामा आएकी ममता शर्माले आवाज दिएकी छिन् ।archana-durba
गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । आर्यन सिग्देल, धुव्र दत्त, पवित्रा आचार्य, रमेश वुढाथोकीको समेत अभिनय रहने सिनेमालाई एक्सनमा पनि भरिपूर्ण बनाउने योजना निर्देशक वसन्त निरौलाले सुनाए ।archana
यमन म्यूजिक र वी।एन फिल्मस्को प्रस्तुतीमा बन्ने सिनेमामा धन सिंह केसी र राजेन्द्र घिमिरेको पनि लगानी छ । चलचित्रमा अष्ट महर्जनको एक्सन छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१