सलमानको नेपाल बसाई तालिका यस्तो छ, १५ सय सुरक्षाकर्मीले सुरक्षा दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०७४, शुक्रबार ०५:३५

काठमाडौं । बलिउड सुपर स्टार सलमान खान नेपाल आउने निश्चित भएको छ । फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रममा सलमानसँगै बलिउडका अन्य कलाकारहरु पनि आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ। सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाडौं आइपुग्नेछन्। ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा बस्ने बताइएको छ। जम्मा तीन दिन सलमान नेपाल बस्नेछन्।

उनीसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने आयोजकले जनाएको छ । सलमान आउने पक्का भएपछि प्रचार प्रसार सुरु गरेको ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले जानकारी दिए । कार्यक्रम हेर्न टिकट काट्नुपर्ने गुरुङले बताए । उनका अनुसार कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको छ। सलमान सन् १९९४ पछि दोस्रो पल्ट नेपाल आउन लागेका हुन्।

१५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिने
५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिने
४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्ने
कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने
टिकट ३ हजार, ५ हजार र १० हजार दरका हुने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१