नेपाल सरकार भन्छ- चार अफ्रिकी देशमा नजानू है !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० श्रावण २०७१, शुक्रबार ११:३७

काठमाडौँ ,३० साउन । कति विदेशी सरकारले मात्र नेपाल भ्रमण नगर्नु, सतर्कता जनाउनु भनेर जारी गरेको ट्राभल एडभाइजरी सुन्नु ! यस पटक हाम्रै सरकारले ट्राभल एडभाइजरी जारी गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको एडभाइजरीमा भनिएको छ- ‘पश्चिम अफ्रिकाका चार मुलुकहरु (गिनी, नाइजेरिया, लाइबेरिया र सियरा लियोन) को भ्रमण संभव भएसम्म नगर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्दछौँ।’

कारण? उही इबोला भाइरस।

त्यतिमात्र हैन, यी चार देशका नागरिक र यी देशमा भ्रमण गरेर आएका अरु देशका नागरिकलाई नेपालको भिसा लिन पनि गाह्रो बनाइएको छ। नेपालको भिसा जारी गर्दा “Ebola-free Certificate” लिएर मात्र भिसा जारी गर्न तथा आफूअन्तर्गतका अवैतनिक महाबाणिज्यदूतावास/बाणिज्यदूतावासहरुलाई पनि भिसा जारी गर्दा सोहीबमोजिम गर्न लगाउन विदेशस्थित सबै नेपाली नियोगहरुलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ।
10464371_821660927858351_7775423709471681839_n
लाइबेरिया र सियरा लियोनमा नेपाली सुरक्षाकर्मीहरु शान्तिसेनाका रुपमा कार्यरत छन्।

नाइजेरियामा त नेपालीहरु रोजगारीका लागि पनि गएका छन्।

त्यहाँबाट फर्केका नेपालीलाई २१ दिनसम्म निगरानीमा रहन भनिएको छ।

इबोलाको औषधि अहिलेसम्म पत्ता लागेको छैन। माथिका ४ देशमा यो रोगबाट दुई हजारको मृत्यु भइसकेको छ। नेपालमा यो छिर्‍यो भने महामारीका रुपमा फैलन सक्छ।

प्रतिक्रिया