विशेष अदालतले ‘गुण्डा नाइके’ चक्रे मिलनलाई दियो सफाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ माघ २०७४, बिहीबार ०५:१३

काठमाडौँ । अवैध सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरण विभागले लगाएको मुद्दामा विशेष अदालतले ‘गुण्डा नाइके’ चक्रे मिलनलाई सफाई दिएको छ। विभागले उनी विरुद्ध ४ वर्ष अघि ८ करोड अवैध सम्पत्ति जोडेको अभियोग लगाएको थियो।

सदस्य न्यायाधीश रत्नबहादुर वागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठले चक्रे मिलन भन्ने मिलन गुरूङलाई सफाई दिएको विशेषअदालतले जनाएको छ।

चक्रेमिलन सहित गणेशलामा, दीपक मानाङे, अभिषेश गिरि र परशुराम बस्नेतलाई पनि अवैध सम्पत्ति कमाएको अभियोग लगाएको थियो।

यो मुद्दामा यसअघि विशेषले दीपक मनाङेलाई सफाइ दिइसकेको छ। सम्पत्ति शुद्धिकरण विभागले उनलाई १४ करोड रुपैँया बराबरको सम्पत्ति अवैधरुपमा आर्जन गरेको अभियोग लगाएको थियो। अरु तीन जनाको मुद्दामा भने अदालत फैसला गर्ने क्रममै छ।

प्रतिक्रिया