अन्तरिक्षबाट ठुलो चट्टान दुई हप्तामै पृथ्वीमा खस्ने खतरा, कसरी बच्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७४, आईतवार ०६:३३

न्युयोर्क । अन्तरिक्ष एजेंसी नासाले अन्तरिक्षमा विद्यमान एउटा ठुलो चट्टान तीव्र गतिमा पृथ्वीतिर बढिरहेको जनाएको छ । नासाले सार्वजनिक गरेको विवरण अनुसार यस चट्टानको आकार संसारको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा जत्रो रहेको छ । यही गतिमा अघि बढ्ने हो भने यो दुई हप्तामै पृथ्वीसम्म आइपुग्ने अनुमान गरिएको छ ।

के हुँदैछ ?
‘एजे १२९ नाम दिइएको यस शिशुग्रहलाई नासाले २००२ मा नै अत्यन्तै खतरनाक रहेको बताएको थियो । अन्तरिक्षम एजेंसीका अनुसार यो शिशुग्रह केही समयपछि लगभग एक लाख किलोमिटर प्रतिघंटाको गतिले पृथ्वी को नजिकबाट गुज्रिने छ । यो गति संसारकै सबैभन्दा छिटो ७ हजार किलोमिटर प्रतिघंटाको गतिले उड्ने विमान सुपरसोनिक एक्स-१५ भन्दा १५ गुणाले बढी हो ।

कस्तो खतरा छ पृथ्वीलाई ?
नासाका अनुसार लगभग एक किलोमिटर भन्दा पनि बढी चौडाइको यो शिशुग्रह पृथ्वीसँग ठोक्किए पृथ्वीमा सबै कुरा जमेर हिउँ बन्नेछ । त्यतिमात्र हैन यो शिशुग्रह पृथ्वीबाट सातलाख किलोमिटर नजिक मात्र पुग्यो भने पनि यसले पृथ्वीलाई पर्याप्त नोक्सान पुग्ने बताइएको छ । हाल यस शिशुग्रहबाट पृथ्वीलाई कुनै खतरा नरहेको नासाले बताएको छ ।

यो शिशुग्रह ठोक्किए के हुनेछ पृथ्वीमा ?
अन्तरिक्ष वैज्ञानिकहरूका अनुसार यदि यस आकारको कुनै पनि वस्तु पृथ्वीसँग ठोक्किए पृथ्वीमा हिमयुगको प्रारंभ हुन सक्छ । यसले पृथ्वी बिस्तारै अँध्यारो हुँदै जानेछ, चिसो अत्यधिक मात्रामा बढ्दै जानेछ र संसारभरि खँडेरी पर्नेछ । यसको प्रभाव धर्तीमा सैकडौं वर्षसम्म रहिरहनेछ ।

के छ त बच्ने तरिका ?
नासाले आफुसँग यस प्रकारको घट्नालाई रोक्न सक्ने कुनै प्रविधि हालसम्म नरहेको जनाएको छ। तर उसले यस्तो घट्नाको ठीक समय पत्ता लगाएर बचाऊको तयारी गर्न भने सकिने जनाएको छ। हाल नासाले एउटा फ्रिज जस्तै चीज बनाइरहेको र यसले यसप्रकारका घट्नाहरू रोक्न सक्ने छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१