अध्यारोमा फेसबुक चलाउनु हुन्छ ? होसियार ! आँखाको ज्योति गुम्ला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०७४, आईतवार ०६:३१

एजेन्सी । यदि तपाई पनि राती अँध्यारोमा लामो समयसम्म एक टकले स्मार्टफोन चलाउने गर्नुहुन्छ भने होसियार । किनकी यस्तो बानीले एकदिन तपाईको आँखाको ज्याति गुम्न सक्छ ।

एक रिपोर्ट अनुसार इंग्ल्याण्डमा २२ वर्षीया एक युवतीको राती अबेरसम्म अंध्यारोमा स्मार्टफोन चलाउने बानी थियो । उनी बेडरुममा पुगेपछि कोठाको बत्ति निभाएर बिस्तारामा पल्टिन्थिन अनि मोबाइल चलाउन थाल्थिन्।

उनको सुत्ने तरिकाका कारण पनि देब्रे आँखा तकियाले छोपिन्थ्यो, दाहिने आँखाले नै उनी मोबाइलमा हेर्ने गर्थिन् । अन्तत उनलाई अन्धोपनको समस्या देखपर्यो। यसैगरी इंग्ल्याण्डकै करिब ४० वर्षीया अर्की एक महिला पनि यस्तै समस्याको सिकार बनिन् । उनी सूर्योदयभन्दा निकै अगाडि ब्यूँझिन्थिन् । ब्यूँझिएपछि अँध्यारोमा सुती–सुती मोबाइलमा खबरहरु पढ्ने गर्थिन । करिब एक वर्षसम्म निरन्तर उनको यो दैनिकी जारी रह्यो । अन्तत नतिजा यस्तो निस्कियो, उनका दुवै आँखाले राम्रो काम गर्न छाडे ।

लण्डनका आँखा डाक्टर उमर महरुले ‘द न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित एक रिपोर्टमा भनेका छन, ‘हाम्रो रेटिना निकै अद्भुत चीज हो, किनकी यो प्रकाश अनुसार आफैँ एड्जस्ट हुनेगर्छ ।’

तपाईले कतिको याद गर्नु भएको छ ? उज्यालोबाट अध्यारोमा जाँदा हाम्रो आँखा उज्यालोबाट अंध्यारोमा जाँदा हाम्रो आँखाको रेटिना प्रकाश अनुसार विस्तारै आफैँ एडजस्ट हुन्छ। घाममा बसेर एक्कासी भित्र कोठामा जानुभयो भने त्यहाँ केही क्षण निकै अंध्यारो हुन्छ । साना चिजहरुलाई हाम्रो आँखाले ठम्याउन समेत सक्दैन । जब हाम्रो रेटिना अंध्यारोसँग एड्जस्ट हुन्छ, तब साविकको अवस्थामाजस्तै देखिन थाल्छ।

डा. महरुले एक प्रयोग गरे । दुवै बिरामी आफ्नो बायाँ आँखा बन्द गरेर अंध्यारो कोठामा गए अनि दायाँ आँखाको सहायतामा लगातार २० मिनेटसम्म स्क्रिनमा हेरिरहे। जब कोठको लाइट अन गरियो, तर कोठामा बदलिएको प्रकाशअनुसार एडजस्ट हुन उनीहरुको आँखाले समय लियो। केहीबेर उनीहरुको आँखा बन्दजस्तै भयो । समस्या यही हो । अझै उनीहरुले यसबाट मुक्ति पाएका छैनन्। यो दुवै समस्या अंध्यारोमा स्मार्टफोन चलाउँदा नै निम्तिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१