काठमाडौँ । बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ ।
राजधानीका अत्यधिक जाम हुने क्षेत्रमध्ये एक कोटेश्वर क्षेत्रबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माणका लागि भक्तपुर नगरपालिकाले डिपीआर तयार पार्ने कामलाई अघि बढाएको हो ।
भक्तपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नका लागि यस्तो तयारी थालिएको जानकारी भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले दिएका हुन् ।
पूर्वउद्योगमन्त्रीसमेत रहेका बस्नेतले राजधानी काठमाडौँसम्म जाने एक मात्र यो सडक क्षेत्र बढ्दो सवारी चापले अस्तव्यवस्त हुन थालेपछि विकल्पका लागि सुरुङमार्ग निर्माण प्रक्रिया थालिएको बताए ।
बस्नेतका अनुसार कोटेश्वर क्षेत्रदेखि भक्तपुरसम्म सहज सवारी आवागमनका लागि कोटेश्वर चोकमा फ्लाई ओभर निर्माण पनि अघि बढाइने बताए ।
प्रतिक्रिया