पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७४, बिहीबार ०५:३८

काठमाडौं।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल, मट्टितेल,मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई दुई रूपैयाँ बढाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल एक लिटरलाई १०३ रूपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको एक लिटरको मूल्य ८१- ८१ रुपैयाँ पुगेको छ। स्वचालित मुल्य प्रणाली अनुसार मुल्य समायोजन गरेको निगमले जनाएको छ। खाना पकाउने ग्यासकाे मुल्य भने बढेको छैन।

पेट्रोलियम पदार्थ आयातमा निगमलाई अहिले १९ करोड घाटा छ । निगमले यसअघि पुस १८ मा पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१