१० लाख पर्ने कारलाई २५ लाख लिएर उपभोक्ता ठगी गर्दै अरुण इन्टरकन्टिनेन्टल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०७४, बिहीबार ०५:११

काठमाडौं । अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले उपभोक्तालाई ठगेको भनि प्रमाणसहित जानकारी गराउँदासमेत सञ्चालकलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत पुस १७ गते महानगरीय प्रहरी परिसर ललितपुरलाई चौधरी ग्रुपको लगानी रहेको ट्रेडर्सले उपभोक्ता ठगेको भन्ने प्रमाणसहित कारबाहीका लागि पत्राचार गरेको थियो।अस्वाभाविक शुल्क लिएको भेटिएपछि उक्त कम्पनीलाई उपभोक्ता ठगी गरेको भन्दै प्रहरी परिसरलाई पत्राचार गरेको २ हप्ताभन्दा बढी समय बितिसक्दासम्म प्रहरीले सञ्चालक पक्राउ गर्न सकेको छैन।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार विभागको टोलीले अनुगमनमा भेटिएका कैफियतबमोजिम ठगीको मुद्दा दर्ताका लागि पञ्जिकासहितको फाइल महानगरीय प्रहरी परिसर, ललितपुरमा पठाइएको हो। विभागले अनुगमनका क्रममा तयार पारेको मुचुल्का र अन्य आवश्यक कागजात प्रहरीलाई बुझाइसकेको छ भने ठगीको मुद्दामा थप अनुसन्धान गर्न आवश्यक देखिए सोहीअनुसार अगाडि बढ्न पत्र काटेको छ।

आफूहरूले पठाएका कागजपत्रहरू नै ठगी मुद्दामा कारबाहीका लागि पर्याप्त भएको बताउँदै महानिर्देशक दाहालले भने– ‘हामीले आवश्यक अनुसन्धानपछि प्रहरी परिसरमा कारबाहीका लागि पठाएका हौं।’ प्रहरी प्रशासनले विभागका अनुसन्धान अधिकारीले प्राप्त गरेको प्रमाणलाई महत्त्व दिएर विभागीय निर्णयलाई किन लागू गर्दैन भनेर आफूहरूले बुझ्न नसकेको महानिर्देशक दाहालले बताए।

विभागले गत कात्तिक २६ गते बजार अनुगमनका क्रममा सुजुकी कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता रहेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै थप अनुसन्धान र कारबाहीका लागि पत्र पठाएको थियो। तर विभागको पत्रअनुसार आवश्यक अनुसन्धान भएको तथा ठगी आरोपित कारबाहीको दायरामा आउन नसकेको देखिएको हो।

अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले ग्राहकलाई सम्पूर्ण करसहित ९ लाख ९६ हजारमा आउने गाडीमा विभिन्न शीर्षकका गैरकानुनी कर जोडेर १५ लाख ३२ हजार रुपियाँसम्म बिक्री गरेको पाइएको विभागले जनाएको छ। विभागका अनुसार उक्त कम्पनीले १ हजार ३ सयवटा गाडी बिक्री गर्दा ४३ करोड रुपियाँभन्दा बढी रकम उपभोक्ताबाट ठगेको अनुगमनका क्रममा भेटिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१