चिलिमेको पैसामा नेतादेखि कर्मचारीसम्म लण्डन सयर ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ माघ २०७४, बुधबार ०५:२७

काठमाडौं ।  नेपालको जलविद्युत् क्षेत्रमा चिलिमे जलविद्युत् कम्पनीलाई पायनियर कम्पनीको रुमपा लिइन्छ । तर त्यही कम्पनीको नाममा केही व्यक्तिले भने विदेश घुम्ने र मोजमस्ती गर्ने अवसरको रुपमा समेत प्रयोग गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नै अध्यक्ष रहेको उक्त कम्पनीको खर्चमा राजनीतिक दलका नेतादेखि कर्मचारीसम्म लन्डन भ्रमणमा जान लागेका हुन् ।

कम्पनी उच्च स्रोतकाअनुसार सञ्चालकहरु शान्ती लक्ष्मी शाक्य, हरराज न्यौपाने, लेखनाथ कोइराला,मनोज सिलवाल, रामप्रसाद रिमाल, तुलसीराम ढकाल, प्रर्सादो तामाङ, भीमप्रसाद तिमल्सिना, प्रमुख कार्यकारी अधिकृत दामोदरभक्त श्रेष्ठ, कम्पनी सचिव नारायण प्रसाद आचार्य लण्डन जाने तयारीमा रहेका छन् ।

रिमाल नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका पूर्व अध्यक्ष समेत हुन् ।

सबै सञ्चालकहरु लण्डन भ्रमणमा जाने निर्णय केही दिन पहिलेको कम्पनी संचालक समितिको बैठकले गरिसकेको स्रोतले जनाएको छ ।
केही दिन पहिले मात्रै सञ्चालकहरु ढकाल, तामाङ, तिमल्सिना, श्रेष्ठ र आचार्य लण्डन उडिसकेका छन् । अरु संचालकहरु पनि बेलायत यात्रामा निस्कन लागेको स्रोतको दावी छ ।
स्रोतका अनुसार बिना काम र सरोकार नै नभएको ठाउँको भ्रमण गरी कम्पनीलाई थप वित्तीय भार थप्न खोजिएको छ ।  जसका कारण कम्पनीको खर्च बढेर शेयरधनीले पाउने लाभांशमा गिरावाट आउने अवस्था देखिएको छ । प्राधिकरणका एक उच्च पदस्थ अधिकारीले भने, ‘यो भ्रमण सञ्चालकको मोजमस्ती मात्रै हो । जसको खर्च कम्पनीले व्यहोर्नु पर्ने देखिएको छ ।’

सञ्चालकले दैनिक भ्रमणभत्ता अमेरिकी डलरमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।  उनीहरुको आतेजाते हवाइजहाज भाडा लगायतका सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने गरी मिलाइएको छ । यसविषयमा घिसिङसँग बुझ्ने प्रयास गर्दा सम्पर्क आएनन् ।

गत आर्थिक वर्ष २०७२÷७३मा कम्पनीको प्रशासनिक खर्च  रु ४ करोड रहेकोमा गत आव ०७३÷७४मा बढेर झण्डै ८ करोड पुगेको छ । चालु आवमा सो खर्च रु १२ करोड पुग्ने देखिएको छ ।

कम्पनीको प्रति बैठक भत्ता ७ हजार रुपैयाँ, प्रत्येक सञ्चालकले सञ्चार तथा यातायात सुविधा बापत मासिकरुपमा ५ हजार रुपैयाँ पाउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१