काठमाडौं । समयमै काम सम्पन्न नगर्ने पाँच ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिवद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारबाही गरेको हो ।
कालोसूचीमा परेका कम्पनीमा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौं महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौं महानगरपालिका इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौंकै पवन कुमाररनितेश कुमार रहेका छन् ।
त्यस्तै ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राखेको छ । ती कम्पनीले एकदेखि तीन वर्षसम्म कुनै पनि कारोबर गर्न पाउने छैनन् ।
प्रतिक्रिया