रसुवामा साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ माघ २०७४, मंगलवार ०५:४३

रसुवा । रसुवागढी भन्सार कार्यालयले आर्थिक वर्षको ६ महिनामा एक अर्ब ६० करोडभन्दा बढी भन्सार असुली गरेको छ। साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजश्व संकलन गरेको हो।

कार्यालयले निकालेको अर्धवार्षिक तथ्याङ्क अनुसार ९७ प्रतिशत राजश्व असुली भएको छ। नेपाल टेलिकमको सामग्री भन्सार यार्डमा रोकिएका कारण लक्ष्य पूरा हुन नसकेको हो। टेलिकमको सामग्रीको भन्सार माघ २ गते हुने छ।

कार्यालयले ६ महिनामा १ अर्ब ६४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयले  दिएको जानकारी अनुसार साउनमा ६ करोड ४३ लाख, भदौमा ४८ करोड ५८ लाख ८२ हजार, असोजमा १० करोड ४४ लाख ५७ हजार, कात्तिकमा ३३ करोड ५९ लाख १२ हजार, मंसिरमा ३० करोड ८२ लाख ८२ हजार र पुषमा ३१ करोड ७ लाख ७५ हजार भन्सार असुली भएको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात भएको छ।

२०७१ साल कात्तिकदेखि सञ्चालनमा आएको नाकामा आयात बढ्दै जाँदा राजश्व असुली पनि बढ्दै गएको छ।

प्रतिक्रिया