लिलामी गरेको विमान १४ लाख ६० हजार अमेरिकी डलरमा खरिद गरे भट्टले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०७४, सोमबार ०५:४०

काठमाडौं । नेपाल वायुसेवा निगमले नाफाभन्दा मर्मत खर्च बढी भएको बताउँदै लिलामी गरेको विमान गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले खरिद गरेका छन् ।

९एन(एसीए कलसाइनको बोइङ(७५७ विमान भट्टले १४ लाख ६० हजार अमेरिकी डलरमा खरिद गरेका हुन् । खरिदका लागि अग्रिम भुक्तानीवापत एक करोड ५० लाख रुपैयाँ बुझाएका भट्टले बाँकी रकम केही दिनअघि बुझाएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

उक्त विमान मर्मतपछि सञ्चालनमा ल्याउन करिब ८० करोड रुपैयाँ खर्च हुन्छ । अहिले नै नयाँ इन्जिन फेर्ने हो भने एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुने निगमका अधिकारीहरु बताउँछन् ।

खरिद गरिसकेको जहाजको अब छिट्टै डी(रजिस्ट्रेसन गरिने श्रेष्ठले जानकारी दिए । ‘डी(रजिस्ट्रेसनका लागि बीबी एयरवेजलाई पत्र पठाइसकेका छौं,’ उनले भने ।

मर्मतमा लाग्ने खर्च पनि उठाउन नसक्ने भएपछि निगम उक्त विमान बिक्री गर्ने निर्णयमा पुगेको थियो ।

निगमले सन् १९८७ मा खरिद गरेको विमानले चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । ८६ हजार चार सय १० घण्टा उडान भरिसकेको यो विमान अब यात्रु बोक्न उचित नभएको निगमका अधिकारीहरु बताउँछन् ।

यसलाई १७ करोड रुपैयाँमा बिक्री गर्ने निगमको शुरुवाति योजना थियो । तर, तोकिएको रकम कबोल गर्दै कुनै कम्पनी नआएपछि निगमले बीबी एयरवेजलाई १५ करोड १८ लाख रुपैयाँमा बिक्री गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१