ब्यवसायी तेजकरण जैन ठगी गरेको अभियोगमा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० पुष २०७४, आईतवार ०८:४२

काठमाडौं ।  अटोमोवाईल्स व्यवसायी तेजकरण जैनलाई प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।  काठमाडौंको त्रिपुरेश्वरमा ‘तेज एण्ड करण ईन्टरप्राईजेज’ का संचालक रहेका जैनलाई बैंकीङ कसुरको अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी वृत कालिमाटीका इन्स्पेक्टर अरुण कुमार भण्डारीले जानकारी दिएका छन् ।

कालिमाटी प्रहरीका अनुसार जैनले ऋषिराज शर्मासँग खरिद गरेको बा. १२ च ९४९ नम्बरको ‘हुण्डाई आई १०’ गाडीको पैसा लामो समयसम्म नदिएर ठगी गरेका थिए । जैनले गाडीको पैसा बापत दिएको कृषि विकास बैंकको २० लाख ७५ हजार मुल्य बराबरको चेक बाउन्स भएको बताईएको छ ।

‘उनलाई बैंकीङ कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ इन्सपेक्टर भण्डारीले भने ।

पुराना गाडी किनेर नयाँ बनाउने र कतिपय पुरानै गाडी नाफा लिएर बेच्ने गर्दै आएका जैन रिकण्डीशन हाउस समेत सञ्चालन गर्दै आएका छन् । प्रहरीका उच्च पदस्थ अधिकारी र नेताहरु समेतलाई उनले निःशुल्क गाडी दिने गरेका छन् ।

शक्तिको आडमा लामो समयदेखी उनले ठगी गर्दै आएको प्रहरी स्रोतको भनाई छ । जैन पक्राउ परेसँगै त्यसैगरी गाडी किनेर चेक बाउन्स भएको अर्को ९ लाख ७५ हजारको उजुरी समेत परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१