‘म अवार्डको लागि फिल्म खेल्दिनँ -सोनम कपुर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०७४, शुक्रबार ०५:३१

बलिउड अभिनेत्री सोनम कपुरले अवार्डको लागि फिल्म नखेलेको बताएकी छन्। फिल्म ‘निरजा’ बाट ६४ औं राष्ट्रिय अवार्ड प्राप्त गरेकी सोनमले फिल्म ‘प्याडम्यान’को प्रचारका क्रममा उक्त कुरा बताएकी हुन्।

उनले भनिन्, ‘म अवार्डको लागि फिल्म खेल्दिनँ। म केवल राम्रो काम र राम्रो फिल्मको हिस्सा बन्न चाहँन्छु।’ सोनमले विनोद चोपडाको फिल्ममा पनि आफू अनुवन्धित भएको जानकारी दिएकी छन्।

‘म फेब्रुवरी, मार्च र अप्रिलमा विनोद चोपडाको फिल्ममा काम गर्दैछु। त्यसपश्चात फिल्म ‘जोया फ्याक्टर’को तयारीमा जुट्नेछु।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१