सरकारले १५ दिन नपुग्दै ईन्धनको मूल्य बढायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०७४, मंगलवार ०६:१२

काठमाडौं ।  सरकारले इन्धनको मूल्य फेरि बृद्धि गरेको छ । आज राती सोमबारबाट लागू हुने गरी इन्धनको मूल्यमा बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ । यसअघि पुस ४ गते निगमले मूल्य बृद्धि गरेको थियो ।

निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको जनाएको छ । भारतबाट नै प्रेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले मूल्य समायोजन गर्नु परेको निगमको दावी छ । अब पेट्रोलको मूल्य १ सय २ रुपैयाँ पर्नेछ ।

आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एकर एक रुपैयाँ मूल्य बढेको जनाएको छ । त्यस्तै, २५ रुपैयाँ खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर पर्ने भएको छ भने, हवाइ इन्धन आन्तरिकतर्फ ३ रुपैयाँ प्रतिलिटर बढाएको छ ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर७९र ७९ रुपैयाँ पर्नेछ भने,ग्याँस प्रतिसिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ उपभोक्ता मूल्य पर्नेछ ।
यस्तै, आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर हवाई इन्धन पर्ने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१